फाइनलमा बंगलादेशलाई २-१ गोलको अग्रता
काठमाडौं : बंगलादेशले अर्को गोल थप्दै नेपालविरुद्ध अग्रता लिएको छ। साफ च्याम्पियनसिपअन्तर्गत दशरथ रंगशालामा जारी फाइनल खेलमा बंगलादेश २-१ गोलले अग्रता लिएको हो।
८१औं मिनेटमा गोल थप्दै बंगलादेशले २-१ गोलको अग्रता लिएको हो। यसअघि बंगलादेशले ५२औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। त्यसको तीन मिनेटमै नेपालले गोल फर्काएको थियो। नेपालका लागि अमिशा कार्कीले शानदार गोल गरेकी थिइन्।