अनुगमनमा अखाद्य वस्तु बरामद

अनुगमनमा अखाद्य वस्तु बरामद
सुन्नुहोस्

नुवाकोट : चाडपर्वको समयमा बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटका विभिन्न बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु जफत गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको पूर्वीभेगमा रहेको ककनी गाउँपालिकाको विभिन्न वजारमा रहेका किराना तथा खाद्यान्न सप्लायर्स, होटल, खाजाघर र बेकरी उद्योगहरूको  स्थलगत अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको नेतृत्वमा गएको संयुक्त टोलीले विभिन्न २० वटा पसल तथा उद्योगहरूमा अनुगमन गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।

संयुक्त बजार अनुगमन समितिद्वारा ककनी गापा ४ र ६ मा रहेको  जुरेथुम, पैंतीसकिलो, रानीपौवा बजार र काउलेथानमा संयुक्त बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेपछि जफत गर्नुका साथै नगद जरिवानासमेत गरिएको छ ।

संयुक्त बजार अनुगमन समितिद्वारा विभिन्न १२ वटा खाद्यान्न, किराना पसल, ६ वटा होटल तथा खाजा घर र दुइटा वेकरी उद्योगको अनुगमन गरिएको अनुगमन समितिका सदस्य सचिव तथा उद्योग बाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार ती बजारहरूबाट २२ हजार २५ रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरिएको छ । 

प्रमुख सापकोटाले अनुगमन गरिएका पसलहरूमध्ये लामिछाने बेकरी उद्योगले आवश्यक मापदण्ड पूरा नगरेका कारण तत्काल नगद जरिवाना गरिएको बताए । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिए । 

  •     चाडपर्वको समयमा बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो
  •     संयुक्त बजार टोलीले नुवाकोटको पूर्वीभेगमा रहेको ककनी गाउँपालिकाको विभिन्न वजारमा अनुगमन 
  •     अनुगमनमा अखाद्य वस्तु फेला परेपछि जफत गर्नुका साथै नगद जरिवाना

अनुगमनका क्रममा पसलमा बिलबिजक अद्यावधिक नगरिएको,  आवश्यक कागजात उपलब्ध नभएको र न्यूनतम् मापदण्डसमेत पूरा नगरेको पाइएको छ । अनुगमन टोलीले अखाद्य विभिन्न १० प्रकारका वस्तुहरू नियन्त्रणमा लिएर सामग्री नष्ट गरिएको छ ।

कतिपय किराना पसल तथा सप्लायर्सलाई सचेत गराई सुधार गर्ने आवश्यक निर्देशन दिइएको छ । सरोकारवालासहितको संयुक्त बजार अनुगमन टोलीले उपभोक्तासँग प्रत्यक्षसँग सरोकार रहेको पसलको स्थलगत अनुगमन गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए  । 

उनका अनुसार अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेपछि त्यसलाई नियन्त्रणमा लिइएको छ । बरामद गरिएका अखाद्य वस्तुहरू कतिपयलाई तत्काल र कपितपयलाई खाल्डो खनेर नष्ट गरिने अनुगमन टोलीका संयोजकसमेत रहेका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंले जानकारी दिए ।
अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायले न्युनतम् मापदण्डसमेत पुरा नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ । पसलमा मूल्य सूची नराखेको, बिलबिजक जारी र नवीकरण नगरेकोे पाइएको थियो । 

अनुगमनका क्रममा अधिकांश पसल मापदण्डविपरीत रहेको पाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । अधिकांश पसलहरू मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको र पहिलो पटकलाई सचेत गराइएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.