संखुवासभाको मकालुमा टिपर दुर्घटना  : दुई भारतीय मजदुरको मृत्यु

संखुवासभाको मकालुमा टिपर दुर्घटना  : दुई भारतीय मजदुरको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

संखुवासभा : संखुवासभामा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत परियोजनामा कार्यरत दुईजना भारतीय मजदुरको मृत्यु भएको छ । दुर्घनामा दुईजना घाइते भएका छन् । घाइते हुनेहरू पनि भारतीय नागरिक नै हुन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको जानकारी संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । चिकित्सकले बिहीबार बिहान करिब पौने ४ बजेतिर मृत घोषणा गरेका हुन् । दुवैको शव खाँदबारी अस्पतालमै छ । 

दुर्घटनामा परेर टिपरमा सवार भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएको बस्नेतले बताए । उनीहरू पनि अरुण तेस्रोकै मजदुर हुन् । 

डीएसपी बस्नेतका अनुसार मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटनामा परेको हो । अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए । 

टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

घाइतेमध्ये गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । सामान्य अवस्थाका पालको खाँदबारी अस्पतालमै उपचार भइरहेको छ । डीएसपी बस्नेतका अनुसार पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हुन् । भिरालो ठाउँमा टिपर दुर्घटना भएका कारण उद्धारमा कठिनाइ भएको थियो । 

प्रहरीका अनुसार कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.