नेपाल फेरि उपविजेता

नेपाल फेरि उपविजेता
सुन्नुहोस्

काठमाडौं : घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा फेरि उपविजेता बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशसँग २–१ गोलले पराजित हुँदै नेपाल छैटौं पटक उपविजेतामै सीमित बनेको हो।

बंगलादेशलाई लगातर दोस्रो पटक च्याम्पियन बनाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले एक÷एक गोल गरेका थिए। एक गोलले पछि परेको अवस्थामा अमिसा कार्कीले गोल गर्दै खेल बराबरी गरे पनि दोस्रो हाफको अन्तिम समयमा बंगलादेशले गोल गर्दैै लगातार दोस्रोपटक उपाधि उचालेको हो। साफ च्याम्पिनसिपमा नेपालले छैटौं फाइनलमा हार बेहोर्दा दशरथ रंगशालामा उपस्थित करिब साढे १५ हजार घरेलु दर्शक स्तब्ध बनेका थिए।

नेपाल खेलको दोस्रो मिनेटमै गोल खानबाट जोगिएको थियो। रक्षक गीता रानामगरले प्रहार गरेको बल अनियन्त्रित हुँदा बंगलादेशी कप्तान सविना खातुनले भेट्टाएकी थिइन्। उनले बक्स बाहिरबाट गरेको प्रहार बारमा लागेर फर्किएको थियो। १०औं मिनेटमा नेपालले पहिलो अवसर सिर्जना गरेको थियो। सावित्रा भण्डारीको पासलाई नियन्त्रणमा लिँदै अमिसा कार्कीले बक्स नजिकैबाट प्रहार गरेको बल फितलो बन्दा नेपालले अग्रता लिन सकेन। २८औं मिनेटमा सावित्राको पासलाई अमिसा चुक्दा घरेलु दर्शक निरास बनेका थिए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दा दशरथ रंगशाला शान्त बनेको थियो। सविनाले खातुनले नेपालका तीन रक्षकलाई बिट गर्दै मोनिकालाई सुन्दर पास उपलब्ध गराइदिएकी थिइन्। बंगलादेशले त्यो अग्रता पाँच मिनेट पनि टिकाउन सकेन। ५६औं मिनेटमा प्रिति राईले चार विपक्षी खेलाडीलाई बिट गर्दै दिएको पासमा अमिसाले गोल गरेकी थिइन्। उनले वान भर्सेस वानमा गोलरक्षक रुपना चक्मालाई बिट गरेकी थिइन्। 

बराबरी गोल फर्काएको पाँच मिनेटपछि नेपालले अर्को गोलको अवसर सिर्जना गरेको थियो। सावित्रा भण्डारीको प्रहार फितलो हुँदा नेपालले अग्रता लिन सकेन। 

निर्धारित समय सकिन नौ मिनेट बाँकी रहँदा रितुको दर्शनीय गोलमा बंगलादेशले अग्रता लिएको थियो। रितुको प्रहारले नेपाली कप्तान एन्जिलालाई बिट गर्दै दोस्रो बारको जाली चुमेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला टोलीको यो १२औं हार हो। बंगलादेशले दशरथ रंगशालामै सन् २०२२ मा पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यतिबेला बंगलादेशले घरेलु टोली नेपाललाई ३–१ गोलले निराश पारेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.