बारामा खुकुरी प्रहार गरेर हत्या गर्ने व्यक्ति पक्राउ

बारामा खुकुरी प्रहार गरेर हत्या गर्ने व्यक्ति पक्राउ
सुन्नुहोस्

बारा : बारामा कार्तिक ७ गते ५५ वर्षीय पुरुषको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछीयाका ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको कात्तिक ७ गते बेलुकी ८ बजे गर्दनमा धारिलो हतियार(खुकरी)ले प्रहार गरी हत्या भएको थियो।

यादवको गर्दनमा खुकुरीले प्रहार गरी हत्या गर्ने यादवकै गाउँका ६४ वर्षीय सोगाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो।

बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले थारूलाई यादवको हत्या भएकै दिन पक्राउ गरिएको बताए। घरबाटै पक्राउ गरिएका थारूले जग्गा सम्बन्धी पुरानो रिसिबीको कारण यादवको हत्या गरेको बयान प्रहरीलाई दिएको सापकोटाले बताए। 

प्रहरीका अनुसार थारूले यादवको जग्गा वर्षौदेखि अधियाँमा कमाउँदै आएका थिए। वर्षौदेखि आफूले अधियाँमा कमाउँदै आएको  जग्गामा मोही हक लाग्ने भन्दै थारूले भनेपछि यादवले आफ्नो जग्गा थारूबाट फिर्ता लिएका थिए। त्यसैको आक्रोशमा थारूले यादवको हत्या गरेको प्रहरीको भनाइ छ।  

यादवको हत्यामा थारूले प्रयोग गरेको खुकुरी भने थारूले आफ्नै घर पछाडिको झाडीमा लुकाएर राखेको अवस्थामा बिहीबार बरामद गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए। पक्राउ परेका थारूलाई प्रहरी हिरासतमा राखेर ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.