स्याङ्जामा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

स्याङ्जामा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

स्याङ्जा : स्याङ्जा जिल्ला प्रशासन कार्यालयले रातको १० बजेसम्म देउसी भैलो खेल्न जिल्लावासीसँग अनुरोध गरेको छ। रातको समयमा हुनसक्ने झै झगडा, लुटपाट चोरी, ध्वनि प्रदूषणलाई मध्यनजर गर्दै स्याङ्जा प्रशासनले स्थानीयवासीलाई सो अनुरोध गरेको हो।

नेपालीहरूको महान पर्वहरू तिहार, नेपाल सम्वत् र छठ पर्वका अवसरमा गरिने नाचगान सहित मनोरञ्जनलाई आ आफ्ना संस्कृति, रीतिरिवाज र परम्परा अनुरूप मनाउन सुझाव दिँदै १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको हो।

एकआपसमा भाइचारा र आत्मीयता अभिवृद्धिसँगै एक अर्काको धर्म–संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपूर्ण तरिकाले मनाउन प्रशासनको आग्रह हो।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा हस्ताक्षरित ८ बुँदे सूचना मार्फत जुवा तास, कौडा, लङ्गुरबुर्जा लगायतका खेललाई पैसाको हारजित हुनेगरी नखेल्न नखेलाउन भनिएको छ।

बजारमा कृत्रिम अभाव, कालोबजारी, सवारी साधनमा तोकिएको भन्दा बढी भाडा दर, क्षमता भन्दा बढी यात्रु, अस्वाभाविक मूल्यवृद्धि, म्याद गुज्रेका भाइमसला खरिद बिक्री नगर्न सूचित गरिएको छ।

झैझगडा गर्ने, अशोभनीय व्यवहार देखाउने, व्यक्तिगत तथा सामाजिक हित विपरीतका गतिविधि तथा क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ।

स्याङ्जामा विभिन्न समूह बनाई यमपञ्चकको पहिलो दिन काग तिहारदेखि नै देउसी, भैलो खेल्ने गर्छन्। यसरी भैलो तथा देउसी खेलेर आर्जित रकम विभिन्न सामाजिक काममा समेत उपयोग गर्ने गरिएका हुन्छन्। भने केहीले रमाइलो गरेर खर्चिने गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.