बालिकालाई वेश्यावृत्तिको काममा लगाउने मसाज सञ्चालिका पक्राउ

बालिकालाई वेश्यावृत्तिको काममा लगाउने मसाज सञ्चालिका पक्राउ

काठमाडौं : बालिकालाई वेश्यावृत्तिको काममा लगाउने मसाज सञ्चालिका पक्राउ परेकी छन्। पक्राउ पर्नेमा  लमजुङको बेसीशहर नगरपालिका-८ की ३८ वर्षीया सपना खवास रहेकी छन्। 

काठमाण्डौ महानगरपालिका-१६ ठमेल सातघुम्तीस्थित खवासले सञ्चालन गरेको हिमालयन आयुर्वेदिक स्पामा परिवर्तित नाम २६ बबरमहल (३४३) समेतलाई आर्थिक प्रलोभनमा पारी ललाई फकाई गरी वेश्यावृत्तिमा लगाएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। 
 

मसाजमा शारीरिक सम्पर्क राख्न आउने प्रति ग्राहकबाट एक पटकको पन्ध्र सय लिने र  शारीरिक सम्पर्क राख्ने बालिकालाई पाँच सय तथा २५ प्रतिशत दिने भनी प्रलोभन देखाई रकम समेत नदिई दिनमा ४/५ जना पुरुष ग्राहकसँग वेश्यावृत्तिको काममा लगाउने गरेको खुलेको ब्युरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक भावेष रिमालले बताए। 

अभियुक्तहरुले बिभिन्न पुरुष ग्राहकहरु खोजी नाबालिकाहरु मध्ये एकजनालाई छान्न लगाई मसाजमा रहेका कोठाहरुमा ग्राहकसँग “एक्ट्रा सर्भिस” भनी शारीरिक सम्पर्क राख्न लगाउने गरेको खुल्न आएको उनको भनाइ छ। 

अभियुक्तहरुले बालिकालाई पुरुष ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथिहरुलाई भनि दिने भनि डर त्रासमा पारी महिनावारी भएको बेलामा समेत वेश्यावृत्तिको काममा लगाउने गरेको खुलेको छ। 

पीडित बालिकाले यस ब्यूरोमा जाहेरी दरखास्त पेश गरेपछि अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले मसाज सञ्चालिका खवासलाई काठमाडौंको नागार्जुन नगरपालिका-१ बाट पक्राउ गरेको हो। उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्यादथप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.