सबै जाति, भाषा, धर्म र संस्कृतिको विकास नै समृद्धिका आधार हो : प्रचण्ड

सबै जाति, भाषा, धर्म र संस्कृतिको विकास नै समृद्धिका आधार हो : प्रचण्ड
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति, भाषा, धर्म, संस्कृति मुलुकको समृद्धिका आधार भएको बताएका छन्। तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरुको अवसरमा शुभकामना दिँदै प्रचण्डले संस्कृति र सभ्यताहरुको संरक्षण र विकास मुलुकको समृद्धिका आधार भएको बताएका हुन्। 

‘चाडपर्वहरुले नेपाली जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका छन्।विविधितायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरुको मौलिक पहिचान हो।’ उनले भने, ‘सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास मुलुकको समृद्धिका आधार हुन्।’

यो वर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको स्मरण गर्दै उनले संकटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भन्ने कामना गरेका छन्।  

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.