भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा.विवेक देवरोयको निधन
काठमाडौं : भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा.विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष समेत थिए।
उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्को अध्यक्ष हुनुअघि उनले नीति आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए। त्यहाँ रहँदा उनले भारतीय रेलवेलाई आधुनिकरण गर्न भूमिका निर्वाह गरेका थिए।
प्रधानमन्त्री मोदीले उनको निधनमा शोक व्यक्त गर्दै उनी ई'टावरिङ स्कलर' भन्दै अर्थशास्त्र,इतिहास,संस्कृति,राजनीतिक अध्यात्मलगायत क्षेत्रमा पारङ्गत रहेको बताएका छन्।