कुस्ती खेलको संरक्षणका लागि मधेसका युवा पुस्ता अगाडि बढ्नुपर्छ : मन्त्री गुप्ता

कुस्ती खेलको संरक्षणका लागि मधेसका युवा पुस्ता अगाडि बढ्नुपर्छ : मन्त्री गुप्ता
सुन्नुहोस्

वीरगन्ज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तराई–मधेसको मौलिक पहिचान र संस्कृतिसँग जोडिएको कुस्ती खेलको संरक्षणका लागि युवा पुस्ता अगाडि सर्नु पर्ने बताएका छन्। 

पर्साको बिन्दवासिनी गाउँपालिकाको मधवलमा शुक्रबार आयोजित विराट कुस्ती दंगल मेलाको उद्घाटन गर्दै मन्त्री गुप्ताले कुस्ती पहलमानी तराई–मधेसमा सदियौंदेखि चल्दै आएकाले यो तराई–मधेसको संस्कृति र मौलिक पहिचानसँग जोडिएको बताए। तर पछिल्ला केही वर्ष यता कुस्ती खेल ओझेलमा पर्दै गएकाले यसको  संरक्षण गर्न युवा पुस्ताले पहल गर्नुपर्ने उनले बताए। यसको संरक्षण गर्न सरकारको पनि दायित्व भएको उनले बताए।

मन्त्री गुप्ताले गाउँघरमा विभिन्न चाडपर्वमा लाग्ने मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने पनि बताए। उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी र व्यवसायीहरूलाई आग्रहपनि गरे। उनले मेलाहरूमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरूलाई प्राथमिकतामा राखेर ती वस्तुहरूको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताए।

‘स्वदेशी उत्पादनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार छ’, उनले भने। मधवलको दंगल कुस्ती मेलामा पनि पर्सा लगायत अन्य जिल्लाहरूबाट उद्यमशील सहभागी भइ आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेको देख्दा  खुसी लागेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.