मर्यादित र सभ्य रुपमा देउसीभैलो खेल्न आग्रह

मर्यादित र सभ्य रुपमा देउसीभैलो खेल्न आग्रह
सुन्नुहोस्

नुवाकोट :  तिहारमा सभ्य र मर्यादित भएर देउसीभैलो खेल्न नुवाकोट प्रशासनले आग्रह गरेको छ। प्रतिबन्धित गतिविधिहरू नगरी कानुनको पालना गर्न प्रशासनले आग्रह गरेको छ। 

नेपालीहरूको पर्वहरू तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वका अवसरमा गरिने नाचगानसहित मनोरञ्जनलाई आआफ्ना संस्कृति, रीतिरिवाज र परम्परा अनुरूप मनाउन सुझाव दिँदै तिहारको सन्दर्भमा राति १० बजेपछि कुनै पनि स्थानमा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले सर्वसाधारणमा आग्रह गरेको हो। रातिको समयमा विभिन्न आपराधिक गतिविधिका साथै झैझगडा, लुटपाट चोरी, शान्ति सुरक्षालाई मध्यनजर गर्दै नुवाकोट प्रशासनले स्थानीयवासीलाई सो अनुरोध गरेको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंद्वारा हस्ताक्षरित सार्वजनिक पत्रमार्फत कानुनले निषेध गरेका कार्य नगर्न, नगराउन र गराएका खण्डमा प्रहरी, प्रशासन तथा सरोकारवाला निकायमा जानकारी दिन अनुरोध गरिएको छ। कौडा, जुवा, तास, लङ्गुरबुर्जा लगायतका खेललाई पैसाको हारजित हुनेगरी नखेल्न नखेलाउन सचेत गराइएको छ।

चाडपर्वलाई एकआपसमा भाइचारा र आत्मीयता अभिवृद्धिसँगै एक अर्काको धर्म–संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपूर्ण तरिकाले मनाउन प्रशासनले आग्रह गरेको को प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको भनाइ छ। उनका अनुसार झैझगडा गर्ने, अमर्यादित कार्य गर्ने, व्यक्तिगत तथा सामाजिक हित विपरीतका गतिविधि तथा क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ।

नुवाकोट प्रशासनले प्लाष्टिकजन्य फुलको गुच्छाको उत्पादन, बिक्री वितरण,  खरिद र भण्डारण नगर्न सचेत गराएको छ। यसका साथै उपभोक्तालाई मारमा पारेर बजारमा कृत्रिम अभाव, कालोबजारी, सवारी साधनमा तोकिएको भन्दा बढी भाडा, क्षमता भन्दा बढी यात्रु, अस्वाभाविक मूल्यवृद्धि, म्याद गुज्रेका सामग्रीहरूको खरिद बिक्री नगर्न सूचित गरिएको छ।

पहाडी संरचना रहेको नुवाकोटमा बालबालिका, विद्यार्थी, युवा क्लब, विद्यालयका साथै विभिन्न समूहमा देउसी, भैलो खेल्ने गर्छन्। कतिपयले व्यक्तिगत तथा परम्परागत रुपमा रमाइलो र कतिपयले विभिन्न सामाजिक काममा समेत उपयोग गर्नका लागि देउसी, भैलो खेलेर आर्जित रकम परिचालन गर्ने गरेका हुन्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.