कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्नुहोस्

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका -६ सातधारेमा शुक्रबार कारको ठक्करबाट मोटरसाइकल चालक एक जनाको ज्यान गएको छ । 

मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टार बजार नजिकै रहेको सशस्त्र प्रहरी क्याम्पस अगाडिको मोडमा भएको दुर्घटनामा चौदण्डी गढी नपा- २ माडीबासका ४३ वर्षीय तिलक राईको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईका अनुसार काठमाडौंबाट पूर्व झापातर्फ जाँदै गरेको प्रदेश ०१–०२६ च. ५०६२ नं. को हुण्डाई कारले बेलटारबाट गाईघाटर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प.८८४९ नं. को मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

मृतक राईको उपचारका क्रममा नगर अस्पताल बेलटारमा ज्यान गएको उनले बताए । उनीसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय शरण राई गम्भीर घाइते भएका छन् । राईलाई थप उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ ।

दुर्घटनामा संम्लग्न कार र चालक नुवाकोट बेलकोटगढी नगरपालिका- ३ का ५६ वर्षीय बासुदेव सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी चापागाँईले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.