पौडी खेल्नेक्रममा डुबेर मगरको मृत्यु
उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका- ७ मैनटारमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो ३ बजे बलान खोलामा पौडी खेल्न गएका स्थानीय ५३ वर्षीय खड्गबहादुर मिरिङचिङ मगरको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईका अनुसार मैनटार गाउँ नजिकबाट बग्ने वलानखोलाको हात्तिसार दहमा डुबेर मगरको मृत्यु भएको हो ।
घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले मृतकको शव पानीबाट निकालेर कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।