रामेछापको गुप्तेश्वरमा बस दुर्घटना

रामेछापको गुप्तेश्वरमा बस दुर्घटना

काठमाडौं : रामेछापको गुप्तेश्वरमा बस दुर्घटना भएको छ। आज बिहान उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वरबाट काठमाडौं जान लागेको बा. ५ ख. २८६ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय प्रीतिका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार बसपार्कमा घुमाउने/निकाल्ने क्रममा बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा सहचालक केवल सुनुवार र ७१ वर्षीया फुल कुमारी सुनुवार घाइते भएका हुन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंमा ल्याउन पहल भइरहेको छ। 

चालक बाथरुमतिर गएको समयमा सहचालक सुनुवारले बस चलाएका थिए। तर, एक्कासी पछाडि हुत्तिदा दुर्घटना भएको बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.