बरहथवा बजारमा आगलागी, पौने तीन करोडको क्षति

बरहथवा बजारमा आगलागी, पौने तीन करोडको क्षति
सुन्नुहोस्

मलङ्गवा : सर्लाहीको बरहथवा बजारमा शुक्रबार राति आगलागी हुँदा ठूलो मात्रामा धनमालको क्षति भएको छ । बरहथवा नगरपालिका-७ स्थित बजारमा सञ्चालन गरेको विभिन्न पसलमा आगलागी हुँदा पौने ३ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

स्थानीय किसुन दासको घरमा नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। 

पूजा गर्न बालिएको दियोले आगलागी भएको थापाले बताए। किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकोले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको छ । प्रारम्भिक अनुसन्धानबाट पौने तीन करोड बराबरको क्षति भएको हो ।

शुक्रबार राति ११:३० बजेतिर सुरु भएको आगलागी शनिबार बिहान २:३० बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । समयमै आगो नियन्त्रणमा आउँदा थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.