यालापिकमा हराएका पर्यटक सम्पर्कमा आए

यालापिकमा हराएका पर्यटक सम्पर्कमा आए
सुन्नुहोस्

रसुवा : हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन्।

दुई साता अगाडि ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग (समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइ) यालापिकमा हराइरहेका चीज रिपप्लिक देशका ५० वर्षीय मारेक होलेसेक्का  शुक्रबार साँझ लाङटाङको क्याङ्जेनस्थित हायर गेष्ट हाउसको सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायीले जनाएका छन्। सम्पर्कमा आएको पुष्टि रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भट्टराईले बताए।


उनीसँग गएका अर्का श्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने सम्पर्कविहीन नै रहेका छन्। शुक्रबार र शनिबार दुई दिनसम्म हवाई खोज उद्धारअन्तर्गत हिमाली उच्च भागको ३० मिटरभन्दा बढी गहिरो खोचको डिल्लामा सिल्पिङ व्याग देखिएको ओनरेज त्यहीबाट खोचभित्र खसेको सहकर्मी पर्यटकबाट जानकारी पाएको छ।  

यस्तै गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोटलागेरबीच बाटोमै अलपत्र परेका जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाई हवाई उद्धार गरिएको छ। उनलाई हेलिकोप्टरले लौरीविनायकबाट उद्धार गरेको हो। निज पर्यटकको सोह्रखुट्टेस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.