गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको चेतावनी

गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको चेतावनी

काठमाडौं : उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले 'विनाशकारी' अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन्।

मानवीय मामिलाका लागि कार्यवाहक उप-महासचिव र आपत्कालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले उत्तरी गाजामा प्यालेस्टिनीहरुले रोग, भोकमरी र हिंसाका कारण 'मृत्युको जोखिम' सामना गरिरहेको बताएका छन्।

अधिकारीहरूले पहुँचमा प्रतिबन्धका कारण आधारभूत आवश्यकताहरूसमेत पूरा गर्न मानवीय सहायता अपर्याप्त रहेको कुरामा जोड दिएका छन्। उनीहरूले मानवीय जीवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउँदै व्याप्त असुरक्षाका कारण  प्रभावितहरू सम्म सहयता पुग्न नसकेको बताएका छन्।  उनीहरूले सम्बन्धित पक्षलाई गाजामा आक्रमण रोकी महत्त्वपूर्ण सहायता पुर्‍याउने सहायता कामदारहरूलाई सुरक्षित पहुँचको अनुमति दिन आह्वान गरेका छन्।

यस हप्ताको सुरुमा, प्यालेस्टिनी नागरिक सुरक्षाले उत्तरी गाजाको जबालिया, बेत लाहिया र बेत हानुनमा करिब एक लाख मानिसहरू खाना तथा चिकित्सा आपूर्तिको अभावमा रहेको  रिपोर्ट गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.