तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्यांग्रा बिक्री

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्यांग्रा बिक्री

म्याग्दी : तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्यांग्रा बिक्री भएको छ।  म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्यांग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। 

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्यांग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्यांग्रा मात्र बजार पठाउने गरिएको छ। 
 

दसै र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्यांग्रा बजारमा बिक्री भएको हो। ‘उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्यांग्राको व्यापार बढी भएको छ,’ केन्द्र प्रमुख अर्यालले भने, ‘कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्यांग्रा बिक्री गरेका छन्।’ 


जडीबुटीयुक्त बुकीमा चरेका च्यांग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ। तीन वर्ष पुरा भएका च्यांग्रा मासुका लागि बिक्री हुने गर्छ। गत वर्ष खोरमै प्रतिगोटा  ४० हजार भन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरेका व्यापारीले यसपाली प्रतिगोटा  ३० हजारदेखि ३३ हजारमा किसानहरूबाट खरिद गरेका छन्।

गत वर्ष काठमाडौं पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्यांग्राको मूल्य यसपाली ४५ हजार रुपैयाँभन्दा कम मूल्यमा बिक्री भएको छ। गत वर्ष बजारमा ल्याएको च्यांग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.