जापानमा भारी वर्षा, २ लाख नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह

जापानमा भारी वर्षा, २ लाख नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह
सुन्नुहोस्

टोक्यो : उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्।

जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावाले पश्चिमी जापानमा गर्जनसहितको भारी वर्षा गराइरहेको बताएको छ। एजेन्सीले यसको आंशिक कारण कोङ–रे भनेको छ। यो आँधीबाट उष्णकटिबन्धीय न्यून चापीय प्रणालीमा स्तरवृद्धि भएको थियो। 

मात्सुयामा शहरका एक अधिकारीका अनुसार ‘शहरले उच्चतम स्तरको चेतावनी जारी गर्दै यसका १० जिल्लाका एक लाख ८९ हजार पाँच सय ५२ बासिन्दालाई स्थानान्तरण गर्न र तत्काल सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।’

स्थानान्तरण अनिवार्य नभए पनि जापानको उच्चतम स्तरको चेतावनी सामान्यतया कुनै प्रकारको विपत्ति पहिले नै घटिसकेको अत्यन्त सम्भावना हुँदा जारी गरिन्छ। मौसमविद्हरूले शनिबार पश्चिमी जापान र आइतबार पूर्वी जापानमा पहिरो र बाढीले प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।

वर्षाका कारण टोक्यो र दक्षिणी फुकुओका क्षेत्रबीचको शिनकानसेन बुलेट रेल बिहान छोटो समयका लागि रोकिएको थियो र पछि ढिला तालिकामा पुनः सञ्चालन भएको थियो। कोङ–रे बिहीबार ताइवानमा ठोक्किएको थियो। यो दशकौँयताकै ताइवानमा आएको सबैभन्दा ठूलो आँधीमध्ये एक थियो। यसले कम्तीमा दुई जनाको ज्यान लियो र दशौँ हजार घरधुरीमा बिजुली आपूर्ति अवरुद्ध पार्‍यो। वैज्ञानिकहरूका अनुसार मानव-प्रेरित जलवायु परिवर्तनले भारी वर्षाले पार्ने जोखिमलाई बढाइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.