तिहारमा बढ्यो पाल्पाली ढाकाको कारोबार

तिहारमा बढ्यो पाल्पाली ढाकाको कारोबार
सुन्नुहोस्

तानसेन : तिहार, भाइटीका नजिकिँदै जाँदा पाल्पाका ढाका पसलहरूमा ढाका कपडा किनबेच गर्नेहरूको भीडभाड बढेको छ । तिहारमा सप्तरंगी टीका सँगै शिरमा पाल्पाली ढाका टोपी लगाउने चलन चल्तीको कारण पाल्पाका ढाका उद्योगी, व्यापारीहरूको व्यस्तता बढेको छ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई, र दाजुभाइले दिदीबहिनीलाई टीका र माला सँगै उपहारका रूपमा पाल्पाली ढाका कपडाका सरसमान दिने चलन बढ्दो रहेको छ। भाइटीकाको दिन, दिदीबहिनीहरूले दाजुभाइलाई निधारमा सप्तरंगी टीका, फुलको माला र पाल्पाली ढाका टोपी लगाउने परम्पराको कारण ढाका कपडाका सरसमान किन्न पुगेको तानसेनकी विष्णु रायमाझीले बताइन्।

विगतमा पाल्पाली ढाकाको टोपी, पछ्यौरा र सारी जस्ता सामग्री उत्पादन भएपनि पछिल्लो समयमा आस्कोट, टाई, दौरा सुरुवाल, दुलाहा पहिरन, सल, मनि पर्स, ब्याग, मोबाइल ब्याग जस्ता सरसमान उत्पादन भएपछि सबैको रोजाई पाल्पाली ढाका कपडा बन्ने गरेको तानसेनकी चिनु रायमाझीले बताइन्। पाल्पामा ढाकाका कारीगढहरूलाई तिहारकै सरसमान निर्माण गर्न भ्याई नभ्याई भएको छ। तिहारको समयमा दिदीबहिनीले ढाका टोपी, दाजुभाइले पछ्यौरा सल, ब्याग उपहार लैजाने गरेको पाल्पा मदनपोखरा ढाकापसलकी शितम भण्डारीले बताइन्।

दशै तिहारको समयमा आन्तरिक पर्यटकहरूको घुइँचोसँगै पाल्पाली चिनो तथा कोसेलीका रूपमा ढाका कपडाका सरसमान किनमेलले व्यापार बढेको छ। तिहार पछि जाडो समय सुरु हुने भएकोले पनि दिदीबहिनी दाजुभाइले शरीरलाई चिसोबाट बचाउन ढाकाका सरसमान उपहार दिने चलन बढ्दै गएको कार्की ढाका उद्योगका प्रोपाइटर ज्ञानु कार्कीले बताइन्। पाल्पाली ढाका कपडा स्थानीय कला र श्रम सँग प्रयोग गरी पाल्पामै बुन्ने गरिएको छ।

पाल्पाली ढाका कपडा कोसेली, चिनोको रूपमा बढी प्रयोग हुँदै आएको छ। अहिले हाते तानबाट बनेको ढाका कपडा पुर्‍याउनै धौ-धौ भएको ढाका उद्योगी तथा व्यवसायीहरूले बताएका छन्। दशै सँगै तिहार जस्ता पर्वले पाल्पामा ढाका कपडाको व्यापार बढेको पाल्पा ढाका संघका सचिव एवं पौडेल ढाका उद्योगका प्रोपाइटर मनोज पौडेलले बताए।

प्रत्येक वर्ष ढाकाको व्यापार बढ्दै गएको छ। ९० प्रतिशत ढाका टोपीको व्यापार तिहारमा हुँदै आएको छ। हाल पाल्पाली ढाकाबाट करिब १ हजार जनाले रोजगारी पाएका छन्। वार्षिक रूपमा करोडौंको कारोबार हुँदै आएको छ। पाल्पामा २०१५ सालमा स्वः गणेशमान मर्हजनले एउटा तानबाट पाल्पामा ढाका कपडा उत्पादन सुरु गर्नुभएको थियो तानसेनमा मात्र हाते तानबाट १३ वटा ठूला ढाका उद्योग सञ्चालनमा रहेका छन् भने जिल्ला भरी नै घरेलु तानबाट ढाका कपडा बुन्ने संख्या दिनहुँ बढिरहेको छ जसले गर्दा स्वदेशमै रोजगारी स्वदेशमै उत्पादन बढेको छ। यस्ता घरेलु उद्योगहरूलाई तीनै तहका सरकारबाट आवश्यक सहयोगसहित प्रोत्साहन गर्नुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.