भक्तपुरको नगदेशमा सामूहिक म्हः पूजा
भक्तपुर : कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार नेवार समुदायमा म्हः (आत्म) पूजा गरिएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहिआएको छ। आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ। यसैबीच भक्तपुरमा सामूहिक म्हः पूजा गरिएको छ। मध्यपुर थिमिको नगदेशमा सामूहिक म्ह: पूजा गरिएको छ।