सुरु भयो भाइटीकाको शुभ साइत
काठमाडौं : यस वर्षको तिहार अर्थात् भाइटीकाको शुभसाइत सुरु भएको छ। यसवर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ। योसँगै टीका ग्रहरण पनि सुरू भएको छ।
दिदी-बहिनीहरुले आफ्ना दाजुभाइको आयु,आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने तिहार नेपालीहरूको दसैंपछिको दोस्रो ठूलो पर्व हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कार्त्तिक १२ गते सार्वजनिक गरेको थियो। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
यस वर्षको तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको थियो।