राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट भाइटीका
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भाइटीका लगाएका छन्। बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका हुन् ।
राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन्। उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदाम सहितका सौगात प्रदान गरे भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो। यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ।