छठका लागि केरा र सख्खर किन्नेको भीड (तस्बिरसहित)

छठका लागि केरा र सख्खर किन्नेको भीड (तस्बिरसहित)
तस्बिर : धनवीर महतो

महोत्तरी : महोत्तरीको प्रसिद्ध गौशालाबजारमा दिपावली तथा छठपर्वलाई लक्षित गरी लागेको बजारमा ग्राहकहरूको भीड लागेको छ । पर्वको बजारमा अहिले महोत्तरी, धनुषा, सर्लाही लगायत सीमावर्ती भारतीय क्षेत्रबाट आएका ग्राहकहरू सामान खरिद गर्नका लागि व्यस्त देखिन्छन् ।null

छठको अवसरमा महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला बजारमा सोमबार केरा खरिद गर्ने र सख्खर खरिद गर्नेको अत्याधिक भिड लागेको छ । मिथिलाञ्चलको घर घरमा मनाइने पवित्र पर्व छठमा केरा र पकवानका लागि सख्खर मिठा अति नै आवश्यक रहेको छ ।  महोत्तरीका किसानहरू यतिखेर उखु पेलेर सख्खर बनाउन लागि परेका छन्। छठ पर्वको बेला मिठा (सख्खर)बाट बनाइएको परिकार मात्र प्रसादका रूपमा चढाइने भएकाले माग बढेपछि उखु किसानहरू सख्खर बनाउन लागि परेका हुन्।  यसपालि छठ पूजा कात्तिक २२ गते परेको छ। 

दिपावली सकिएसँगै तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री, भाडाँवर्तन कपडाको किनमेल शुरु भइसकेको छ। यस्तै नदी , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ।

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.