भारतीय क्रिकेटर रिद्धिमान साहाले किन लिए सन्यास ?

भारतीय क्रिकेटर रिद्धिमान साहाले किन लिए सन्यास ?
सुन्नुहोस्

एजेन्सी : भारतीय क्रिकेटर रिद्धिमान साहाले सन्यासको घोषणा गरेका छन्। साहाले सामाजिक सञ्जालमार्फत् सन्यास लिएको जानकारी गराएका छन्। 

 'क्रिकेटमा अविस्मरणीय यात्रापछि यो सिजन मेरो अन्तिम हुनेछ। सन्यास लिनुअघि रणजी ट्रफीमा मात्रै खेल्दै बंगालको प्रतिनिधित्व गर्ने मौका पाएकोमा गर्व गर्छु। यो सिजन अविस्मरणीय बनाऔं,'उनले सामाजिक सञ्जालमा लेखेका छन्।

रिद्धिमान लामो समयदेखि बंगाल रणजी टीममा विकेट किपरको रुपमा काम गरिरहेका छन्। उनी भारतीय क्रिकेट टिमको पनि सदस्य हुन्। साहाले भारतका लागि ४० टेस्ट खेलमा १३५३ रन बनाएका छन्। यसबाहेक उनले ९ एकदिवसीय खेल पनि खेलेका छन्। जसमा उनले ४१ रन बनाएका छन्। 

साहाले सन् २०२१ मा भारतीय टोलीका लागि अन्तिम टेस्ट म्याच र २०१४ मा अन्तिम एकदिवसीय खेल खेलेका थिए।

यसबाहेक उनी आईपीएलका पाँच टोलीहरू- कोलकत्ता नाइट राइडर्स,चेन्नइ सुपर किंग्स,पञ्जाब किंग्स,सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबाट पनि खेलेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.