खाना पकाउने ग्याँस लिक भएर लागेको आगोमा जलेर एकजना घाइते

खाना पकाउने ग्याँस लिक भएर लागेको आगोमा जलेर एकजना घाइते
सुन्नुहोस्

बैतडी : बैतडीमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर लागेको आगोले एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका-९ स्थित चौखामका ४० वर्षीय सुरेन्द्र धामी गम्भीर घाइते भएका हुन्। 

आइबार बिहान स्थानीय शिक्षक समेत रहेका सलिभान धामीको घरमा रहेको सिलिण्डर मर्मत गर्ने क्रममा सिलिण्डरबाट ग्याँस लिक भएर लागेको आगोले धामी गम्भीर घाइते भएको वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण सिंह धामीले जानकारी दिए। सुरेन्द्रको अनुहारसहित शरीरका विभिन्न भागमा जलेको छ। 

यसैगरी शिक्षक सलिभान धामीकी श्रीमती ३८ वर्षीया धनमती धामी पनि सामान्य घाइते भएकी छन्। उनी स्थानीय देउलेक स्वास्थ्य केन्द्रबाट उपचार गरी घर फर्किएकी छन्। 

सुरेन्द्रलाई भने थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। डडेलधुरा अस्पतालले उनलाई काठमाडौं रेफर गरेको वडा अध्यक्ष धामीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.