अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम

न्यूयोर्क : संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरूको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ। 

न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरूपमा बलिहाङ तङनाम मनाइएको हो। किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाइएको हो। बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरूको मौलिक पर्वको रूपमा लिने गरिन्छ। सो अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोलम्बिया युनिभर्सिटीका अन्तर्राष्ट्रिय तथा तुलनात्मक शिक्षाका एशोसिएट प्रो.डा. प्रेम फ्याकले बलिहाङ तङ्नामजस्ता मौलिक पर्वहरू रमाइलोका लागि मात्र नभएर विभिन्न जातजाति, धर्म र संस्कृतिसँग जोडिएका नेपाली समुदायबीच अन्तर्क्रिया गर्ने अवसरसमेत हुने गरेको बताए। 

यस्ता कार्यक्रमले हामी को हौं भनेर आफ्नो परिचय स्थापित गराउन थप सहयोग पुग्ने बताउदै डा. फ्याकले बालबालिका, युवा, प्रौढ र पाका उमेरका सबैको उपस्थितिले अन्तरपुस्ता सम्वाद सिर्जना गरेको तर्क प्रस्तुत गरे। कार्यक्रममा स्थानीय कलाकारहरूले लिम्बु भेषभेषामा लिम्बू जातिहरूको मौलिक बाजा च्याब्रुङ बजाएर केलाङ् प्रसुतुत गरेका थिए भने तुतु तम्याहाङ (बुद्धिजिवी)हरुलाई तोङबा खुवाएर सम्मान गरिएको थियो। 

कार्यक्रममा प्रेम मेयाङवाले हाक्पारे साङलो गाइएका थिए। उनको हाक्पारेमा अन्य स्थानीय कलाकारहरूले साथ दिएका थिए। त्यस्तै कार्यक्रममा लारिङ्गेत् (देउसी भैलो) तथा यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो। कार्यक्रममा लिम्बू संस्कृति झल्किने साँस्कृतिक शो मा ४ वर्षदेखि माथिका बालबालिकाहरूले लिम्बू भेषभुषा तागा र मेख्ली (लिम्बू मौलिक पहिरन) लगाएर स्टेजमा क्याटवाक गरेका थिए। नयाँ आउने पुस्तालाई आफ्नो भाषा संस्कार र संस्कृतिको ज्ञान होस भनेर यस्ता कार्यक्रम वर्षेनि चुम्लुङ अमेरिकाले आयोजना गर्दै आएको बताउँदै चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले भावी पुस्तालाई आफ्नो संस्कृतिप्रति ज्ञान र लगाव बढाउन कार्यक्रमको आयोजना गरिएको बताए। 

कार्यक्रममा बालकालिकाहरू आफैंले भट्याएर देउसी खेलेका थिए। कार्यक्रममा नव आगन्तुक सदस्यहरूलाई स्वागतसमेत गरिएको थियो। कार्यक्रममा विविध साँस्कृतिक कार्यकमका साथै डिजे पनि आयोजना गरिएको थियो। विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष श्याम मेयाङवो, अधिकारका सहनिर्देशक नर्वदा क्षेत्रीले बलिहाङ तङनामको अवसरमा शुभकामना व्यक्त गरे। 

लिम्बु जातिको संस्कार, संस्कृति, भेषभुषा भाबी पुस्तालाई हस्तान्तरण गर्न र जगेर्ना गर्ने उद्देश्यले अमेरिकामा रहेको लिम्बु समुदायले यो पर्व वर्षेनि मनाउँदै आएको बलिहाङ् तङ्नाम कार्यक्रम सम्योजक राम लिम्बुले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.