पेस्तोल र नक्कली नोटसहित दुईजना पक्राउ

पेस्तोल र नक्कली नोटसहित दुईजना पक्राउ
सुन्नुहोस्

सर्लाही : पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँका २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन्। 

गोडैता नगरपालिका-१२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरको २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.