सर्लाहीको भक्तिपुरमा पोखरीभित्र कार खस्यो, दुई जना बेपत्ता

सर्लाहीको भक्तिपुरमा पोखरीभित्र कार खस्यो, दुई जना बेपत्ता
सुन्नुहोस्

मलङ्गवा : सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार बिहान पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् । 

मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्वरको कार अनियन्त्रित भइ खस्दा कार चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका हुन् । कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल भएका प्रहरीले जनायो । 

कारसहित पोखरीमा डुबेर बेपत्ता दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको घटनास्थलमै रहेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीबाट गोताखोर टोलीसमेत भर्खरै घटनास्थलमा आइपुगेको छ ।

 
ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र कार्कीका अनुसार मङ्गलबार बिहान २ देखि ३ बजेको आसपासमा कार दुर्घटना भएको हुन सक्ने आशङ्का गरिएको छ । 

पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवले स्थानीयलाई जानकारी गराएपछि बिहान ४ बजेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.