भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ घाइते

भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ घाइते
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ। ३५ जना घाइते भएका छन्। 

भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा बेलुका अन्दाजी ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको थियो।

भैलो खेलिरहेको स्थानमा भैलो लिएर गएको बसको ब्रेक फेल भएपछि बस मानिसलाई ठक्कर दिँदै अगाडि बढेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए । बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका ग्रुपमाथि बसले ठक्कर दिएको प्रहरीको भनाइ छ। दुर्घटनामा भूमिकास्थान नगरपालिका १ ढाकाबांगकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै मृत्यु भएको र उपचारको क्रममा २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा मृत्यु भएको अर्घाखाँची प्रहरी प्रमुख डीएसपी मल्लको भनाइ छ।

गम्भीर घाइते १० जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डाक्टर अशोक शाहले बताए। अन्य २५ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख डीएसपी मल्लको भनाइ छ। सोही घटनामा एउटा बोलेरो गाडी, एकवटा ट्याक्सी र एक वटा मोटरसाइकललाई ठक्कर दिँदा ३ वटैमा क्षति भएको छ। उक्त बस प्रहरी चौकी खिल्जीको नियन्त्रणमा रहेको छ। दुर्घटनामा भूमिकास्थान ६ खिल्जीकी वर्ष ३८ की यमुना थापा, वर्ष १२ की रोजिना परियार, वर्ष ९ की अन्सिला सुनार, वर्ष १८ की बिन्दु परियार, वर्ष ४१की ईश्वरी गैरे भुसाल, वर्ष १८ की शर्मिला मुखिया, वर्ष १२ की जुना परियार, वर्ष ३८ की जुना थापा घाइते भएका छन्। 

भूमिकास्थान ५ असुरकोट बस्ने वर्ष ७२ को प्रेमबहादुर श्रेष्ठ, वर्ष ३४ को नवराज श्रेष्ठ, वर्ष ४९ की सुष्मा घर्ती, वर्ष ५ को रवीन्द्र श्रेष्ठ, वर्ष २९ को गोपाल थापा, वर्ष २६ को जीवन घर्ती, वर्ष २१ की बबिता पुन, भूमिकास्थान— ८ नुवाकोट बस्ने वर्ष ४४ की रूपा श्रेष्ठ, सन्धिखर्क नगरपालिका २ भक्तिटोला बस्ने वर्ष २४ की गीता भाट, प्युठान ऐरावती ९ बिजुली बस्ने वर्ष १७ की विमला नेपाली, वर्ष ६० की सुमित्रा थापा, प्यूठान मलारानी गा.पा २ खैरेनीडाँडा बस्ने वर्ष २२ को विक्रम पुन, वर्ष १७ को पर्वत राना, वर्ष ६० की उमकला पुलामी मगर, बस्ने वर्ष २९ को बिष्णु बन्जाडे घाइते भएका छन्।

प्यूठान ऐरावती ६ सिमलचौर बस्ने वर्ष ४० की सीता नेपाली, भूमिकास्थान ६ खिल्जी बस्ने वर्ष ११ को अनुपा खन्नडी, वडा नम्बर .५ असुरकोट बस्ने वर्ष ६० की पवित्रा घर्तीमगर, वर्ष ११ की आईस्मा पुलामी, प्यूठान मललरानी २ खरेनीडाँडा बस्ने वर्ष १९ को नवीन पुन, वर्ष २० को हिमाल पौडेल, वर्ष २२ को श्रीधर के.सी, अर्घाखाँचीको भूमिकास्थान ६ खिल्जी बस्ने वर्ष ३५ को प्रकाश बेल्बासे, वर्ष १८ की बिन्दु परियार, वर्ष १८ की स्मृति बेल्बासे, भूमिकास्थान ४ फलामखिल्जी बस्ने वर्ष ३१ का रवि रेस्मी, जिल्ला प्यूठान मल्लारानी २ चुजाँठाटी बस्ने वर्ष १८ का बबिन राना घाइते भएका छन्। साबिक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सिमाना उदयठाटीमा १५/१६ भैलोका टिम सामूहिक नाच्ने परम्परा रहेको घटनास्थलबाट स्थानीय गणेशप्रसाद भण्डारीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.