सर्लाहीको पोखरीमा डुबी महोत्तरीका सञ्चारकर्मी महतोको मृत्यु

सर्लाहीको पोखरीमा डुबी महोत्तरीका सञ्चारकर्मी महतोको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

महोत्तरी : सर्लाहीको ईश्वपुर नगरपालिका २ भक्तिपुरको मियाँखोरमा रहेको पोखरीमा भएको सवारी दुर्घटनामा परि महोत्तरीका एक सञ्चारकर्मीको मृत्यु भएको छ । आज बिहान भएको सो दुर्घटनामा परि रेडियो गौशाला, गौशालाका संचालक ३७ वर्षीय सुरेशकुमार महतोको मृत्यु भएको हो ।

काम विशेषले सर्लाहीबाट घरतर्फ फर्किने क्रममा महतो आफैंले चलाइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भएको थियो । कार पोखरीमा डुब्दा महतोसहित कारमा सवार सोनमा गाउँपालिका–८ महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुरको पनि मृत्यु भएको हो । त्यस्तै सोही कारमा सवार अर्का गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल रहेका छन् ।

कारसहित पोखरीमा डुबेर दुईजना बेपत्ता भएका थिए। हाल कार र शवलाई पोखरीबाट निकालिएको छ ।

शवको पोस्टमर्टमका लागि प्रक्रिया शुरु भएको प्रहरीले जनाएको छ।

पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.