बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा छोराको मृत्यु, बुबा घाइते

बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा छोराको मृत्यु, बुबा घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–१० पवित्र चोकस्थित भित्री सडक खण्डमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको ना ४ ख ४०१३ नम्बरको बस र उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प २४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार दिउँसो २:४० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–५ का २८ वर्षीय सन्देश गौतमको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका गौतमको विराटनगरको आर्या न्युरो अस्पतालमा उपचारका क्रममा राति ८:४५ बजेतिर मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सन्देशका बुवा ५० वर्षीय गोपाल गौतम घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका उनलाई अरनिको अस्पताल उर्लाबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि आर्या न्युरो अस्पताल ल्याइएको छ ।

बस र चालक रतुवामाई–६ का ३२ वर्षीय गोपाल बस्नेतलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेका दुवै सवारीसाधनमा क्षति पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.