गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ मा आज दिउँसो गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।
कृष्णसार सामुदायिक वनमा गाई गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ।
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयले उपचारका लागि अस्पताल भर्ना गरेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।