करेन्ट लागेर मृत्यु
कैलाली : गोदावरी नगरपालिका-२ बनखेतकी ५५ वर्षीया धर्मा देवी मडैको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ।
आफ्नै घरमा धारामा नुहाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।