छठ पूजाका लागि वीरगन्जमा बेहुलीझैं सजाइयो घाट

छठ पूजाका लागि वीरगन्जमा बेहुलीझैं सजाइयो घाट

वीरगन्ज : प्रकृति पूजा र सूर्य उपासनाको महापर्व छठ पूजाका लागि वीरगन्जमा मात्रै तीन दर्जन बढी जलाशयलाई छठ घाटका रुपमा सजाइएको छ। तीमध्ये घडिअर्वा पोखरी, रानीघाटको सरिसवा, आदर्शनगरको स्वीमींग पुल, नगवा पोखरी र मूर्ली पोखरीलाई छठघाटका रुपमा विशेष रूपमा सजाइएको छ। 

निक्कै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिवतरूपमा मंगलबारदेखि सुरु भएको छ। छठको मुख्य दिन कात्तिक २२ गते परेको छ। उक्त दिनलाई सँझिया घाटे भनिन्छ। षष्ठीका दिन पर्ने सँझिया घाटे र त्यसको भोलिपल्ट सप्तमी  तिथीमा पर्ने भोरिया घाटेका दिन छठका ब्रतालुहरु छठघाटमा पुगेर जलाशयमा उभिएर छठी माता र सूर्य भगवान्को उपासना गर्दै अर्घ दिने गर्छन्। 

त्यसैका लागि वीरगन्ज महानगरमा रहेका जलाशय (पोखरी र नदी)लाई निक्कै आकर्षक तरिकाले साजसज्जा गरी छठघाटका रूपमा सजाइएको हो। वीरगन्ज-१० आदर्शनगरस्थित स्वीमिङ पुल परिसरलाई पनि छठ घाटका लागि बेहुलीझैं सजाइएको छ। स्वीमिङ पुल परिसरमा आकर्षक टेण्टपण्डाल र झिलिमिली विद्युतीय बत्ती लगाएर निक्कै आकर्षक तरिकाले सजाइएको स्वीमिङ पुल छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष मुकेश बर्णवालले बताए। उनका अनुसार छठ घाट सजावटयाँमा करिब ७ लाख रुपैयाँ खर्च गरिएको छ।

छठ घाटमा आउने ब्रतालु र भक्तजनहरुको सेवा र सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीय स्वयंसेवक पनि खटाइने जानकारी उनले दिए। छठघाटमै खानेपानी, शौचालयको प्रबन्ध मिलाइएको उनले बताए।

त्यस्तै छठ घाटमा हुनसक्ने सम्भावित मानवीय क्षतिलाई मध्यनजर गरेर ३२ जनाका लागि ५ दिनका लागि दुर्घटना बीमा पनि गरिएको जानकारी अध्यक्ष बर्णवालले जानकारी गराए।

त्यस्तै वीरगन्ज-१० मै पर्ने घडिअर्वा पोखरी छठ घाट, वडा नम्बर ११ रानीघाटमा पर्ने सरिसवा छठघाट, वीरगन्ज-१२ मा पर्ने मूर्ली पोखरी र वडा नम्बर १६ मा पर्ने नगवा पोखरीको छठघाट सजवाटको कामपनि अन्तिम चरणमा पुगेको आयोजक समितिहरूले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.