अर्घाखाँचीको भूमिकास्थान दुर्घटनाका बस चालक पक्राउ
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा हिजो २ जनाको मृत्यु र ३५ जना घाइते हुनेगरी भएको दुर्घटना पछि फरार रहेका बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-१, राजुमेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।
प्युठानको मल्लारानी गाउँपालिका-४ कसेरीका ३० वर्षीय केशव खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तर्फ ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ।
सोमबार साँझ वडा नम्बर ५ असुरकोट र ६ खिल्जीको सिमाना उदयठाटी भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको थियो। ३५ जना घाइते भएका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।