प्राकृतिक विपद्, पर्यटक आगमनमा असर

प्राकृतिक विपद्, पर्यटक आगमनमा असर

काठमाडौं : प्राकृतिक विपद्का कारण नेपाल आउने पर्यटक संख्यामा सामान्य असर परेको छ। नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन सिजनको महिना अक्टोबरमा करिब १ लाख ४० हजार पर्यटक आउने आन्तरिक प्रक्षेपण गरिएको थियो। तथ्यांकअनुसार सो महिनामा १ लाख २४ हजार ३ सय ९३ पर्यटक हवाईमार्गबाट नेपाल आएका छन्। प्रक्षेपणभन्दा केही कम पर्यटक आउनुमा गत असोजको अविरल वर्षा र त्यसपछिको बाढी र पहिरोलाई कारण मानिएको छ।

प्राकृतिक विपद्का कारण अक्टोबर पहिलो साता नेपाल आउन गरिएको बुकिङ रद्दको दर बढेको बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। उनका अनुसार विपद्पछिको करिब एक सातामा झन्डै ४० प्रतिशतले बुकिङ रद्द भएका थिए। ‘बोर्डले यो वर्ष कम्तीमा ७ देखि बढीमा १० प्रतिशतसम्म पर्यटक बढ्ने अपेक्षा गरिएको थियो। १ लाख ४० हजारको हाराहारीमा पर्यटक आउँछन् भन्ने अपेक्षा थियो। प्राकृतिक विपद्का कारणले असर गरेको हो,’ उनले भने। अक्टोबरको मध्यममा गएर अवस्था सामान्य बन्दै गएको बोर्ड बताउँछ। 

बोर्डले बाढीपहिरोलगत्तै नेपालनाओ डट ट्राभल भन्ने क्राइसिस रेस्पोन्स टिम खडा गरेको थियो। संकट व्यवस्थापन गर्नका लागि यो टिम खडा गरिएको थियो। चौबिसै घण्टा खट्ने गरी पर्यटक पुलिससहितको टिमले  सत्य तथ्य सूचना प्रवाहका लागि सिचुएसन अपटेड गर्ने गर्दै कुन–कुन ठाउँमा के के भइरहेको छ भन्ने जानकारी लिएर सूचना प्रवाहित गरेको बोर्डले जानकारी दियो। सम्बन्धित स्रोत बजार र टुर अपरेटरहरूलाई सूचना प्रवाह गर्दा पर्यटकहरूमा विश्वासको वातावरण तयार गर्न मद्दत ग¥यो। जसले गर्दा अक्टोबरको मध्यबाट पर्यटक आउने क्रम बढ्न थालेको लामिछानेले बताए।

अक्टोबरसम्म आइपुग्दा पर्यटक आउने प्रवृत्ति भने बढद्े क्रममा नै देखिन्छ। सन् २०२३ को अक्टोबरको तुलनामा करिब ६ प्रतिशत बढी पर्यटक आएका छन्। समीक्षा अवधिमा १ लाख १७ हजार ३ सय ६ पर्यटक नेपाल आएका थिए। तर, कोभिडअघि २०१९ को तुलानामा भने करिब ७ प्रतिशतले पर्यटक आगमन घटेको छ। २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल भित्रिएका थिए।

लक्ष्यअनुसार पर्यटक नआउने नेपाल पर्यटक बोर्डले सन् २०२४ मा १३ लाख २० हजार पर्यटक आउने प्रक्षेपण गरेको थियो। तर, करिब १० महिनाको अवधिमा ९ लाख ४१ हजार पर्यटकमात्र आएका छन् । अबको २ महिनामा करिब ४ लाख पर्यटक आउन सम्भव नभएको बोर्डले जनाएको छ। नोभेम्बरसम्म पर्यटक सिजन भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक खुल्ला हुने र उडान कटौती हुने कारणले करिब ६० हजार पर्यटक आउने अनुमान गरिएको छ। कोभिडअघिका वर्षहरूको नोभेम्बरमा करिब १ लाख बढी पर्यटक आउने गरेको तथ्यांकले देखाउँछ। 

भारतीय पर्यटकको घट्दो क्रम

भारतबाट नेपाल आउने पर्यटकको संख्या पछिल्लो दुई महिनादेखि घट्दो क्रममा रहेको देखिन्छ। अक्टोबर महिनामा १६ हजार ३१३ पर्यटक नेपाल आएका छन्। जुन करिब १३ प्रतिशत रहेको छ। सामान्यतया कुल विदेशी पर्यटकमा भारतीयको हिस्सा ३० देखि ३५ प्रतिशत हुने गरेकोमा अहिले यो घट्दो क्रममा छ। अघिल्लो महिना सेप्टेम्बरमा २४ प्रतिशत भारतीय आएकोमा अहिले करिब १३ प्रतिशतमा सीमित भएको छ।

भारतका पर्यटक घट्नुमा भनेको बाढीपहिरो र त्यसअघिको बस दुर्घटना रहेको छ। चिनियाँ पर्यटकको आउने क्रम पछि घटेको छ। गत जेठमा हेलिकप्टर दुर्घटनामा ४ जना चिनियाँ पर्यटकको मृत्युपछि उनीहरू नेपाल आउन तर्सिएको बोर्ड निर्देशक लामिछाने बताउँछन्। यी दुई छिमेकी देशहरूबाट नेपालमा आउने पर्यटकको संख्या घटिरहेको छ। 

अमेरिकी पर्यटकको आगमन भने बढेको छ। सामान्यतया करिब ८ प्रतिशत आउने गरेकोमा अहिले त्यो करिब १३ प्रतिशत पुगेको छ। यूकेबाट आउने पर्यटकको संख्या पनि बढेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.