अमेरिकी राष्ट्रपति चुनाव : १३ राज्यको मतपरिणाम, ट्रम्पको ९ र कमलाको ४ ठाउँमा जित

अमेरिकी राष्ट्रपति चुनाव : १३ राज्यको मतपरिणाम, ट्रम्पको ९ र कमलाको ४ ठाउँमा जित
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी छ । ५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मंगलबार नेपाली समय अनुसार लगभग अपराह्न ४ बजेदेखि मतदान सुरु भएको थियो । प्रमुख राज्यहरूमा भोटिङ आज बिहान करिब १० बजेसम्म समाप्त हुनेछ।

हालसम्म १३ राज्यमा मतगणना सकिएको छ । ट्रम्पले ९ राज्यमा चुनाव जितेका छन् भने भारतीय मूलकी कमला ह्यारिसले ४ राज्यमा चुनाव जितेकी छन् । 

योसँगै राष्ट्रपति चुनावसँगै हुन लागेको संसदीय निर्वाचनमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।

राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा छ । कमला विजयी भए २३० वर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्नेछिन् ।

यदि ट्रम्पले जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्किनेछन् । कमला ह्यारिस हाल अमेरिकाको उपराष्ट्रपति हुन् भने ट्रम्प सन् २०१७ देखि २०२१ सम्मका लागि राष्ट्रपति भइसकेका छन् ।

 अधिकारीहरुका अनुसार पूर्व भोटिङमा ८ करोडभन्दा बढी अमेरिकी नागरिकले हुलाक र इमेलमार्फत मतदान गरेका थिए । नोभेम्बर ५ मा कति अमेरिकीले मतदान गरेका थिए र कति प्रतिशत थिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।

 बुधबार बिहान  मतदान सकिएपछि मतगणना सुरु हुनेछ । सामान्यतया नतिजा मतदानको भोलिपल्ट आउँछ, त्यसैले अन्तिम परिणाम बुधबार राति वा बिहीबार बिहानसम्म आउनेर आउने अपेक्षा गरिएको छ। मतगणना थप समय लागेमा नतिजा आउन १–२ दिन लाग्न सक्छ । सन् २०२० मा भएको निर्वाचनमा मतदान सकिएको ४ दिनपछि नतिजा सार्वजनिक भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.