त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ विदेशी नागरिक पक्राउ
सुनसहित पक्राउ परेका विदेशी नागरिक
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति सुनसहित चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू पक्राउ परेका हुन्।

उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको थापाले जानकारी दिए।

थापाले भने, 'पक्राउ परेका ३ जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.