छठ पर्वको दोस्रो दिन : आज खरान विधि गरिँदै

छठ पर्वको दोस्रो दिन : आज खरान विधि गरिँदै
फाइल तस्बिर ।
सुन्नुहोस्

ढल्केवर(धनुषा) : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ मंगलबारबाट विधिवत् रुपमा सुरु भएको हो ।

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठपर्वको तराई-मधेसमा यतिबेला अलग्गै रौनक छाएको छ । छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन् । जलाशयहरूलाई दुलही झैं सिंगारिने काम भइरहेको छ ।

छठपर्वको पहिलो दिन मंगलबार नहायखाय विधि सम्पन्न गरिएको छ । कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन बिहान ब्रतालुहरुले बिहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए । त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुनसमेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् ।

कात्तिक शुक्लपक्षको पञ्चमी तिथि अर्थात् पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । खर्नाका दिन ब्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन् । यसरी खरना विधि सम्पन्न हुन्छ ।

त्यस्तै षष्ठी तिथि अर्थात् पर्वको तेस्रो दिन अस्ताउँदो सूर्य र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ । अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि निराहार ब्रत बस्छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.