बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
सुन्नुहोस्

भरतपुर : रत्ननगर नगरपालिका–२ सब्जिमण्डीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन्। 

घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका  २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.