ब्राण्ड विस्तार गर्दै हयात होटल्स कर्पोरेसन, लुम्बिनीमा सञ्चालनमा ल्याउने

ब्राण्ड विस्तार गर्दै हयात होटल्स कर्पोरेसन, लुम्बिनीमा सञ्चालनमा ल्याउने
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : हयात होटल्स कर्पोरेसनले नेपालमा ब्रान्ड विस्तारलाई तीव्र बनाएको छ। ह्यातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्रालिले लुम्बिनीमा सञ्चालनमा ल्याउन लागेको हयात रिजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ।

सन् २०२८ सम्ममा सञ्चालनमा आउने नयाँ होटलको सुपरिवेक्षणका लागि गोल्यान ग्रुप लिमिटेडको एक हिस्सा वेद हस्पिटालिटी प्राइभेट लिमिटेडसँग व्यवस्थापन सम्झौता भएको छ।

भगवान बुद्धको जन्मस्थलको रूपमा प्रख्यात युनेस्को विश्व सम्पदा स्थल, लुम्बिनी मायादेवी मन्दिर र अशोक स्तम्भलगायतका ऐतिहासिक र आध्यात्मिकस्थलहरूमा प्रत्येक वर्ष असंख्य आगन्तुकहरूलाई आकर्षित गर्दछन्। नयाँ होटल रणनीतिकरूपमा दानो नदीको किनारमा अवस्थित हुनेछ, जसले स्थानीय आकर्षणहरू र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सहज पहुँच प्रदान गर्दछ। 

हयातको विस्तारले यसको दक्षिण पश्चिम एशिया विकास रणनीतिमा नेपाली बजारको बढ्दो महत्त्वलाई झल्काउँछ। 'हामी लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको आतिथ्यता ल्याउने लक्ष्य राख्छौं,' भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुव राठौरले भने।

बृहत् परिप्रेक्ष्यमा, पर्यटन र व्यापारिक यात्रामा‌ वृद्धिका कारण नेपाल उल्लेखनीय विकासको लागि तयार छ। हयात रिजेन्सी लुम्बिनीले नेपालको आतिथ्य क्षेत्रलाई बढावा दिन, अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय यात्रीहरू दुवैलाई सेवा प्रदान गर्दै देशको पर्यटन उद्योगमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल सहर र नेपाल–भारत सीमा नजिक रहेकाले विश्वभरका व्यावसायिक र मनोरञ्जनका यात्रुलाई सहज पहुँच पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.