अमेरिकी राष्ट्रपतिमा ट्रम्पको जीत निश्चित

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको जीत निश्चित
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित निश्चित भएको छ। रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेट्स पार्टीकी कमला ह्यारिससँग मतान्तर बढाउँदै दोस्रोपटक ह्वाइट हाउसको यात्रा तय गर्ने पक्का भएका हुन्।

ट्रम्पले हालसम्म २६७ सिटमा विजय हासिल गरेका छन्। कमला ह्यारिसले २२४ सिटमा जित निकालेकी छन्। साथै हाल गणना भइरहेका अन्य राज्यहरूमा पनि ट्रम्पको अग्रता कायम छ।

सन् २०१६ मा भएको निर्वाचनमा डेमोक्रेट पार्टीकी हिलारी क्लिन्टनलाई ट्रम्पले हराएका थिए। 

ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। सन् २०२० को निर्वाचनमा भने डेमोक्रेट पार्टीका जो बाइडेनले ट्रम्पलाई हराएका हुन्।  अमेरिकाका ५० राज्यका ५३८ इलेक्टोरल भोट अथवा सिटका लागि भोटिङ मंगलबार भएको थियो। बहुमत आउन २७० सिट जित्नुपर्ने हुन्छ। 

राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीले नै वर्चस्व कायम गरेको छ। ट्रम्पले यो चुनाव जितेसँगै उनी ४ वर्षपछि ह्वाइट हाउस फर्कनेछन् ।  

ट्रम्पले जित निश्चित भएसँगै फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका हुन्।

ट्रम्पले संवोधन गर्दै भने, 'हामी हाम्रो देशलाई पुन: अगाडि बढाउने छौं। अमेरिकाको लागि यो"स्वर्ण युग" हुनेछ।' उनले यो अमेरिकी जनताका लागि ठूलो विजय भएको र यसले अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाएको बताएका छन्।

ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले भने, 'अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.