टीभीएसको बाइक खरिदमा उतीम लाल साहले जिते १० लाख

टीभीएसको बाइक खरिदमा उतीम लाल साहले जिते १० लाख
सुन्नुहोस्

काठमाडौं : टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार जितेका छन्। 

नेपालीहरूको महान चाड दसैं, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नुअघि ५ हजार र खरिद पश्चात रु १० लाख जित्न सफल भएका हुन्। 

साहका साथै महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले रु ५ लाख ५ हजार जित्न सफल भएका छन्। उनले खरिदअघि ५,००० र खरिद पश्चात ५ लाख जित्न सफल भएका हुन्। महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५०% क्याशब्याक र खरिदअघि ५,००० जित्न सफल भएको जानकारी दिइएको छ। 

त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५% क्याशब्याक र खरिदअघि ५,००० जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

साथै ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हालसम्म २ जनाले नगद १ लाख, ४ जनाले नगद ५० हजार, १० जनाले नगद २५ हजार, १५ जनाले नगद १५ हजार र १८ जनाले नगद ५ हजार जित्न सफल भइसकेका छन्। 

नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरू मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरूको घोषणा गरेको हो।

टीभीएससँग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्रि केन्द्रहरू मार्फत आयोजना भइरहेको छ। उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेको कम्पनीले बताएको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले नगद पुरस्कार, क्याशब्याक र प्री–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरू जित्ने अवसर प्राप्त गरिरहेका छन्। 

टीभीएस नेपालले सम्पूर्ण विजेताहरूलाई बधाई दिँदै उत्साहजनक सहभागीताका लागि आभार व्यक्त गरेको छ। यस मेलालाई सफल बनाउन सहयोग गर्ने हरेक ग्राहकलाई धन्यवाद दिँदै कम्पनीले योजना कायम रहेको र यस योजनामा सहभागिता जनाई मौकाको उल्लेख्य फाइदा लिन सबैलाई आग्रह गरेको छ। साथै आगामी दिनहरूमा पनि अझ उत्कृष्ट र रोचक सवारीसाधनसँगै ग्राहकलाई थप आकर्षक अफरहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.