ट्रम्पसँग सहकार्य गर्न विश्व नेताहरूको आतुरी

ट्रम्पसँग सहकार्य गर्न विश्व नेताहरूको आतुरी
सुन्नुहोस्

काठमाडौं : अमेरिकाको ४७औं राष्ट्रपतिमा विजयी भएपछि डोनाल्ड ट्रम्पसँग सहकार्य गर्न शक्तिराष्ट्रका नेताहरू आतुर देखिएका छन्। जितको औपचारिक घोषणा नहुँदै ट्रम्पलाई बधाइ दिन विश्व नेताहरूको आतुरी देखिएको हो। यस दौडा युरोपेली आयोग, नाटो, जेलेन्स्की, बेन्जामिनदेखि मोदीसम्म रहेका छन्। 

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई शक्तिको माध्यमबाट शान्ति स्थापना गर्ने कुरामा विश्वस्त रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचनमा जित सुनिश्चित भएपछि राष्ट्रपति जेलेन्स्कीले रुसको हस्तक्षेप अन्त्य हुने कुरामा पनि विश्वस्त रहेका छन्।

null

गत सेप्टेम्बरमा ट्रम्पसँग भेटवार्ता गरेको स्मरण गर्दै उनले अब दुई देशबीच रणनीतिक साझादेारी, आपसी लाभदायक राजनीतिक र आर्थिक विकासलगायतका कुरा सहकार्य गर्ने इच्छुक रहेको बताए। 'शक्तिमार्फत शान्ति स्थापना गर्ने ट्रम्पको प्रतिवद्धताको प्रशंसा गर्छु। उनको व्यवहारिक सिद्धान्तले युक्रेनमा शान्ति ल्याउन मद्धत गर्नेमा आशावादी छु,' उनले भनेका छन्। 

त्यस्तै युरोपेली आयोगले पनि ट्रम्पसँग सहकार्य गर्न उत्सुक रहेको बताएको छ। आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले आर्थिक विकासको साझेदारीका लागि आफूहरू तत्पर रहेको बताएकी छन्। उनले आफ्ना ८० करोड नागरिकसँगको साझेदारीमा बाँधिएको र अमेरिकासँग रोजगारी, व्यापार र लगानीलाई गतिशीलता प्रदान गर्ने विषयमा सहकार्य गर्न इच्छुक रहेको बताइन्। पछिल्लो कार्यकालमा ट्रम्पले स्टील र आल्मुनियम निर्यातमा कडाइ गरेपछि युरोपको अर्थतन्त्र उथलपुथल बनेको थियो। 

त्यस्तै नाटोका महासचिव मार्क रुटेले ट्रम्पसँग काम गर्न उत्सुक रहेको बताएका छन्। विश्व शान्ति स्थापनाका लागि ट्रम्पको कार्यकालले मुख्य भूमिका खेल्ने विश्वास उनको छ। 'हामीले विश्वव्यापी रूपमा बढ्दो चुनौतीहरूको सामना गरिरहेका छौं। आक्रामक रुस, आतंकवाद, चीनसँग रणनीतिक प्रतिस्पर्धा र चीन, रुस, उत्तर कोरिया र इरानको बढ्दो गठबन्धन मुख्य हुन्,' उनले भने। उनले ट्रम्पसँग सहकाकार्य गरेर हिंसालाई रोक्ने, आफूहरूको सामूहिक सुरक्षा हुने र अर्थतन्त्रलाई दीगो बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्। 

null

त्यस्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उत्कृष्ट पुनरागमन गरेकोमा ट्रम्पलाई बधाइ दिएका छन्। ट्रम्पको ह्वाइट हाउस फिर्तीले अमेरिकाको लागि नयाँ सुरुवात हुने उनले अपेक्षा गरेका छन्। उनले इजरायल र अमेरिकाबीचको गठबन्धनले अझै शक्तिशाली बन्ने प्रतिवद्धता गरेका छन्। 

त्यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि ट्रम्पलाई बधाई दिएका छन्। उनले अमेरिकासँग सहकार्य गर्न तयार रहेको र दुई देशको शान्ति र समृद्धिको पक्षमा उभिने वाचासमेत गरेका छन्। 

null

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक जितका लागि ट्रम्पलाई बधाइ दिएका छन्। उनले अघिल्लो कार्यकालजस्तै यसपटक पनि भारत-अमेरिका सम्बन्धलाई उचाइमा पुर्‍याउने प्रतिवद्धता गरेका छन्। उनले भारत-अमेरिकाको व्यापार, रणनीतिक साझेदारी र आपसी सहयोग बढाउने कुरामा विश्वस्त रहेको बताएका छन्। 'आउनुस्, मिलेर आफ्ना नागरिकहरूको कल्याण गरौं। विश्व शान्ति स्थापना र समृद्धिको पक्षमा काम गरौं,' उनले भने। 

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ट्रम्पलाई बधाइ दिएका छन्। उनले पाकिस्तान-अमेरिका सम्बन्धनलाई थप बलियो बनाउने विषयमा आफू प्रतिवद्ध रहेको बताएका छन्। उनले त्यसका लागि ट्रम्पसँग सहकार्य गर्न तयार रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.