रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना

रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना
सुन्नुहोस्

बागलुङ  : रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका-६ जाहुलेपानीमा दुर्घटना भएको छ। 

ना ८ ख ८४१४ नम्बरको रात्रि बस बुधबार दिउँसो मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरिरहेको बताए। उनले बसमा ४५ जना सवार रहेको जानकारी दिए। घाइतेहरूको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको र नामावली खुल्न बाँकी रहेको डीएसपी यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.