अर्घाखाँचीमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ५ वर्षपछि पक्राउ
अर्घाखाँची : अर्घाखाँचीमा बालिका जबरजस्ती करणी मुद्दामा कैद सजाय तोकिएका एक जनालाई ५ वर्षपछि पक्राउ गरेको छ।
छत्रदेव गाउँपालिकाको बल्कोटमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैद सजाय तोकिएका तर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।
उनले २०७६ असोज २९ गते बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २०७७ फागुन २ गते अर्घाखाँची जिल्ला अदालतले १२ वर्ष कैद सजाय तोकेको थियो।
अर्घाखाँची प्रहरीले पक्राउ गरि छत्रदेव गाउँपालिका-४ को गैरी पिपलाबाट पक्राउ गरी अर्घाखाँची अदालतमा पेस गरिएको छ। उनलाई कैद सजायको लागि बालसुधार गृह भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए।