षष्ठीदेवी

षष्ठीदेवी
फाइल तस्बिर।

वैदिक सनातनीहरूले अत्यधिक सम्मान गरिने देवी दुर्गा अर्थात् माता पार्वती पछि मानिने देवी हुन्, षष्ठी देवी अर्थात् छठ माता। हाम्रो संस्कृतिमा छठ माताको व्रत र भक्तिको ठूलो महिमा छ। सन्तान प्राप्तिका लागि र सबै प्रकारका इच्छित वरदान प्राप्तिको लागि नेपालमा तराईका धेरैजसो जिल्लाहरूमा छठ माता अर्थात् षष्ठीदेवीको उच्च श्रद्धाका साथ व्रत उपवास गरिन्छ। आजकाल काठमाडौंलगायतका अन्य पहाडी जिल्लामा पनि यो व्रत गर्ने चलन बढ्दो छ।  तर पहाडी क्षेत्र र तराईमा छठ पर्व मनाउने विधि भने फरक छ। विशेषगरी यो व्रत सन्तान प्राप्तिको लागि नै गरिन्छ। तराईका जिल्लाहरूमा यो व्रत फरक तरिकाले मनाउने गर्छन्। उनीहरूले कात्तिक महिनाको भाइटीकापछिको अर्थात् कार्तिक शुक्ल पक्षको चौथी, पञ्चमी र षष्ठी तिथिहरूमा तीन दिनसम्म माताको व्रत लिने गर्छन्।

कसैले चौथीको दिन नुहाइधुवाइ, दिन दिनभरि व्रत रहेर साँझपख लौका र भात खाने गर्छन् भने कसैले पञ्चमीको दिनभरि निराहार व्रत गरी साँझपख साँठा चामलको खिर र पुरी प्रसादको रूपमा मातालाई चढाएपछि व्रतालुहरूले खाने चलन छ जसलाई खर्ना भनिन्छ। यो दिन आफ्ना इष्टमित्र, चेलीबेटी र आफन्तहरूलाई समेत निम्ता गरेर उक्त प्रसाद खुवाउँछन् अनि षष्ठीको दिन बिहानै नुहाइधुवाइ गरी दिनभरि पानीसमेत नखाई व्रत गरिन्छ भने कसैले पञ्चमीको दिन खर्ना नगरी छठको दिनमात्रै निरहार व्रत पनि गर्ने गर्छन्। यसरी व्रत गर्दा साँझपख कुनै नदी वा पोखरीको किनारमा गई माटो अथवा बालुवाको आकृति बनाई त्यसलाई माता मानेर पूजा गरिन्छ।

यो पूजामा मुख्य गरी अस्ताउँदो सूर्यलाई पूजागरी अर्घ दिइन्छ। रातभरि भक्तजनहरूले नदी, ताल वा सरोवर किनारमा भजन कीर्तन गर्छन्। बिहानपख नित्यकर्म पछि स्नान गरेर माताको पूजा गरेर उदाउँदो सूर्यलाइ अर्घ दिएपछि पूजा समाप्त हुन्छ। मातालाई चढाइने प्रमुख प्रसादको रूपमा विशेष तरिकाले तयार पारिएको गहँुको पिठो, भेली र मसला मिसाएर पकाएको रोटी हो जसलाई ठेकुवा भनिन्छ। ठेकुवाका साथै काँचो केरा, पाकेको केरा, निबुवा, नरिवल, बतासा, केराउ र साठा चामलको अक्षता चढाइन्छ। यो पूजामा केशरी चढाइँदैन। बरु, काँचो हलँेदो र साठा चामल पिसेर बनाइएको विशेष प्रकारको लेप र सिन्दूर चढाउने गरिन्छ। 

यी सबैद्वारा विशेष सम्मान र श्रद्धा प्राप्त गर्ने देवी को हुन् त ? श्रीमददेवी भागवत् महापुराण द्वितीय खण्डमा उल्लेख गरिएको छ। षष्ठीदेवी भुवनेश्वरी देवीको अर्थात् ब्रह्मको मूल प्रकृतिको छैटौं अंशबाट प्रकट भएकी हुनाले उनलाई षष्ठीदेवी अर्थात् छठ माता भनिएको हो। यी देवी बालकहरूकी अधिष्ठात्री देवी हुन्। यी देवी विष्णुमाया, बालकहरूको विशेष रक्षा गर्ने भएकीले बाल्दा, देवताहरूकी सेनापति भएर दानवहरूको आतंकबाट देव एवं मानवहरूको रक्षा गरेकीले देवसेना र देवताहरूको रक्षार्थ इन्द्रको सेनापति भइदिएकीले उनी इन्द्रसेना नामहरूले पनि विख्यात छन्। यी देवीका स्वामी कुमार कार्तिकेय अर्थात् षडानन हुन्। देवी भागवत द्वितीय खण्ड महापुराण ४६ अध्यायमा यी देवीले बालकहरूको पालनपोषण गरेर उनीहरूको रक्षा गर्ने, दीर्घायु बनाउने गर्छिन्। यी देवी आफ्नो योग बलले सदा बच्चाहरूसित विराजमान भएकी हुन्छिन्। उनको बारेमा सबैभन्दा पहिले धर्मदेवले भनेका थिए ।

 यिनलाई ब्रह्माले मनोयोगबाट रचेकाले यी ब्रह्माकी मानसपुत्री हुन् पनि भनिएको छ। यी देवी शुद्ध स्फटिक मणिजस्तो चम्किने बहुमूल्य रत्नहरूबाट निर्मित विमानमा सवार हुन्छिन्। श्वेत चम्पाजस्ती गोरी वर्णकी, नित्य नवयौवना, अपार मुस्कान र सिद्धयोगिनी जस्तो देखिन्छिन्। उनी गृष्मकालीन मध्याह्नकी सूर्य जस्ती देदीप्यमान छिन्। उनले देवासुर संग्राममा देवताहरूको सेना बनेर शुम्भनिशुम्भ, रक्तबिज एवं उनीहरूका सैन्यवलको बध गर्न उनीहरूलाई सहयोग गरेकी थिइन्। यसरी आफ्नो अपार शक्तिद्वारा देवताहरूलाई विजयी बनाएकी थिइन्। यी समस्त मात्रिकाहरूमा श्रेष्ठ हुन्। उनको बारेमा कौथुम शाखामा पनि वर्णन पाइन्छ। यिनको मूल मन्त्र ‘ओम ह्रीँ षष्ठी देव्यै नाम’ हो। यो स्तोत्र सामवेदमा पनि छ अर्थात् यो वैदिक मन्त्र हो भनेर नवम स्कन्ध अध्याय १ श्लोक ७७, ७८ र ७९ मा प्राप्त गर्न सकिन्छ।

 यिनलाई मनसा देवी पनि भनिएको छ। यिनीलाई योग सिद्धिहरूको साक्षात् मूर्ति भनिएको छ। यिनलाई मन्त्रहरूको अधिष्ठात्री पनि भनिन्छ। यिनले सधंै ब्रह्म चिन्तन गरिरहने भएकीले यिनलाई ब्रह्म स्वरूपा पनि भनिन्छ। यिनले विशुद्ध चिन्मय वस्त्र धारण गर्छिन्। यिनी महा ज्ञानवती र स्वयंसिद्ध तथा सिद्धाधिष्ठात्री हुन। वेदबिज ब्रह्मााले मनोयोगवाट जन्माइएकी हुनाले मनसादेवी नाम पर्न गयो। द्वितीय खण्ड, नवम स्कन्ध, अड्चालिस अध्याय, श्लोक ११, १२, १३ श्री मददेवी महापुराणमा यसमा पनि केही भिन्नता पाइन्छ। उनीलाई ब्रह्माको मानसपुत्री पनि भनिएको छ र उनका स्वामी कुमार कार्तिकेय हुन्। 

 षष्ठी देवीको पूजा र व्रतको सुरुवातबारे चर्चा गर्दा राजा प्रियव्रत र उनकी रानी मालिनीबाट यो व्रत र पूजाको सुरुवात भएको कुरा श्री मद्देवी भागवत् महापुराणको नवम स्कन्ध अध्याय ४६ मा उल्लेख गरिएको छ। प्रियव्रतले आजीवन ब्रह्मचारी बस्ने निर्णय गरेर तपस्या गर्न वन गए। वर्षौंको कठोर तपस्या गरेका प्रियव्रत पिताको आज्ञाअनुसार गृहस्थी र राज्य सञ्चालनको लागि घर फर्किन्छन् र राजकुमारी मालिनीसित परिणय सूत्रमा बाँधिन्छन्। केही वर्षपश्चात् उनीहरूलाई पुत्र प्राप्ति हुन्छ। सन्तान प्राप्तिमा राम्ररी खुसी पनि हुन नपाउँदै त्यो बालकको मृत्यु हुन्छ। साहै्र दुःखी भएर राजाले उसको अन्तिम संस्कार गर्न लग्छन्। छोराको संस्कार गरिरहेको बेला आकाशवाट एउटा विशाल ज्योति पुञ्ज त्यहाँ आएर बस्छ। त्यो विमानवाट एउटी देदीप्यमान देवी अवतरित हुन्छिन्। ती परम कल्याणकारिणी षष्ठीदेवी थिइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.