ट्रम्पोदय

ट्रम्पोदय

अमेरिका : अन्ततः दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प लोकप्रिय मतसहित ह्वाइट हाउस प्रवेश गर्ने भएका छन्। ४७औं अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ट्रम्पले अमेरिकी मतदातामध्ये आधाभन्दा बढी लोकप्रिय मतका साथ विजयी भएका छन्।

आधिकारिक रूपमा घोषणा हुन बाँकी रहे पनि जितका लागि पर्याप्त इलेक्ट्रोरल प्राप्त गरिसकेका छन्। यो समाचार तयार पार्दासम्म केही राज्यको मतगणना अझै जारी छ। डेमोक्रेटिक पार्टीका उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउस यात्रा तय गरेका हुन्।

अघिल्ला निर्वाचनहरूमा जस्तै यसपटक पनि स्वीङ राज्य अर्थात् परिवर्तनशील नागरिक बस्ने मतदाता नै निर्णायक बने। चरम महँगीबाट आजित भएका अमेरिकी मतदाताले आर्थिक विकल्प प्रस्तुत गरिरहेका पूर्वराष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालको जिम्मेवारी सुम्पेका छन्।

स्वीङ राज्य मात्रै नभई लोकप्रिय मतसमेत डोनाल्ड ट्रम्पले आफ्नो पकडमा राख्न सफल भएका छन्। जसले गर्दा उनलाई सहजै ह्वाइट हाउस फर्काएको छ। यसपटकको चुनावमा ट्रम्पले पेन्सलभेनिया, जर्जिया र नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यहरूमा जित हासिल गरेका छन्। यसैगरी, टेक्सास, फ्लोरिडा, ओहायो, पेन्सलभेनिया, जर्जिया, उत्तर क्यारोलिना, हाइडाओ, इन्डियाना, आयोवा, मिसिसिपी, मिजोरी, मोनाटा, दक्षिण डकोटा, वेष्ट भर्जिनियाजस्ता राज्यहरूमा रिपब्लिकन पार्टीले लोकप्रिय मतका साथ जित हासिल गरेको छ।

अर्कोतर्फ डेमोक्रेटिक पार्टीको बलियो प्रभाव रहेका राज्यहरू क्यालिफोर्निया, न्युयोर्क, न्यूजर्सी, म्यासाचुसेटस, मेरिल्यान्ड र भर्जिनियाजस्ता राज्यहरूमा जित हासिल गरेको छ। त्यसबाहेक डेमोक्रेटिक पार्टीले हवाई, रोड आइल्यान्ड र वासिङटन राज्यहरूमा समेत जित हासिल गरको छ।

यस्तैगरी रिपब्लिकन पार्टीले सिनेटमासमेत बहुमत हासिल गरेको छ। जसले गर्दा ट्रम्पलाई आगामी प्रशासन सहज रूपमा चलाउन मद्दत गर्ने छ। रिपब्लिकन पार्टीले पश्चिम भर्जिनिया, ओहायोमा डेमोक्रयाट पार्टीको सिट जितेर सिनेटमा आफ्नो स्थान बलियो बनाएको हो। यस्तै, टेक्सास र फ्लोरिडामा पनि रिपब्लिकन पार्टीका उम्मेदवारहरूले जित हासिल गरेका छन्। सिनेटमा हाल ५१ रिपब्लिकन पार्टीको र ४२ सिट डेमोक्रयाट पार्टीको पक्षमा छ। यस निर्वाचनको समेत आधिकारिक घोषणा हुनभने बाँकी छ। 

कठोर र निर्भिक नेताका रूपमा चिनिएका डोनाल्ड टम्पले अमेरिका पहिलो दृष्टिकोणका साथ जित हासिल गर्न सफल भएका हुन्। उनको नेतृत्व शैली अक्सर सीधा, आक्रामक र विवादास्पदसमेत रहेको छ। यद्यपि मतदातालाई यही कार्यशैलीले नै आकर्षित ग¥यो। ट्रम्पले निर्णयहरूमा चाँडो प्रतिक्रिया दिने र परम्परागत कूटनीतिक मर्यादालाई समेत बेवास्ता गर्नेगरेको पाइन्छ।

ट्रम्पको काम गर्ने शैली

१. छिटो काम गर्ने क्षमता : दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्ने तयारी गरेका टम्पले छिटो निर्णय गर्ने क्षमता राख्दछन्। यही शैलीका कारण उनलाई समर्थकहरूले प्रभावशाली नेताका रूपमा चिन्दछन्। उनले सामाजिक सजाल टवीटर, फेसबुकजस्ता सजालहरूको पयोगमार्फत आफ्ना विचार तथा निर्णयहरू तत्कालै जनतासमक्ष पु¥याउने गर्छन्। 

२. ट्रम्पको प्राथमिकता : दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने चर्चा भएसँगै उनले अर्थतन्त्र सुधार, आप्रवासी नीति कडा बनाउने, ऊर्जा तथा विदेश नीतिमा अमेरिका फस्र्ट अर्थात् पहिले देशको नीति लिने घोषणा गरिसकेका छन्। 

३. बाह्य दबाबको अवहेलना : ट्रम्पको कार्यशैली पार्टी र परम्परागत शैलीभन्दा आफ्नै योजनामा काम गर्न रुचाउँछन्। यसर्थ उनले बाह्य दबाब तथा आलोचनालाई बेवास्ता गर्दै आफना निर्णयहरूमा दृढ रहन्छन्। यो शैलीकै कारण उनलाई बाह्य दवाबको अवहेलना गर्ने नेता भनिन्छ। यद्यपि यो शैलीले उनलाई आफ्नो योजनामा काम गर्न सघाउँछ।

४. अर्थतन्त्र सुधार : पूर्व राष्ट्रपतिसमेत रहेका ट्रम्पले कर कटौती, व्यापार नीति कडा बनाउने र चीनसँगको व्यापार असन्तुलनलाई सम्बोधन गर्ने योजना अगाडि बढाउने बताउँदै आएका छन्। उनको प्राथमिकता अमेरिकामा रोजगारी र उत्पादन वृद्धि गर्ने बताउँदै आएका छन्।

५. आप्रवासन नीति कडा बनाउने : ट्रम्पले सीमा नियन्त्रणलाई अझ बलियो बनाउने र आप्रवासन नीति कडा पार्ने योजना अघि सार्दै आएका छन्। उनले सीमामा पर्खाल लगाउने योजनालाई पुनः प्राथमिकता दिने र गैरकानुनी आपवासन नियन्त्रण गर्ने योजना अघि बढाउन सक्नेछन्। 

६. ऊर्जा स्वतन्त्रता : ट्रम्पको ऊर्जा नीतिमा प्रमुखता अमेरिकी प्राकृतिक स्रोतहरूको उपयोग गरी ऊर्जा स्वतन्त्रता हासिल गर्ने बताउँदै आएका छन्। उनले तेल र प्राकृतिक ग्यासको उत्पादन बढाउने तथा पेरिस जलवायु सम्झौताबाट बाहिरिने सम्भावना रहेको समेत बताउँदै आएका छन्। 

७. विदेश नीति : ट्रम्पले अमेरिका फस्र्ट अर्थात देश पहिलेको नीति अवलम्बन गर्दै आएका छन्। चीन, इरान र उत्तर कोरियासँगको सम्बन्धमा कडा र स्पष्ट नीतिहरू अपनाउन सक्ने आकलन गर्न सकिन्छ। चीनलाई आर्थिक र शैन्य प्रतिस्पर्धामा अमेरिकाको मुख्य चुनौतीका रूपमा हेरेर नीतिहरू अघि बढाउन सक्नेछन्।

माथि उल्लेखित नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न सिनेटको बहुमतले समेत उनलाई यसपटक साथ दिएको छ। जसले गर्दा महत्वपूर्ण निर्णयहरू गर्न सघाउनेछ।

अमेरिकामा चरम महँगीले च्यापिएका जनताले उत्ताउलो कार्यशैली रहे पनि ट्रम्पलाई नै चुनेका छन्। वर्तमान डेमोक्रेटिक पार्टीको नेतृत्वमाथि महँगी नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको थियो। यसैगरी डेमोक्रेटिक पार्टीलाई आप्रवासन नीतिमा कडाई गर्न नसकेको समेत आरोप लाग्दै आएको थियो। यिनै दुई मुख्य कारणले नै ट्रम्पलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने सौभाग्य प्राप्त भयो।

यता डेमोक्रेटिक पार्टीले वर्तमान राष्ट्रपतिसमेत रहेका जो वाइडेनलाई दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उनको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएपछि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। यसरी जनतालाई आधा समय एउटा उम्मेदवार र आधा समय अर्को उम्मेदवार दिनु पनि चुनाव हारको कारण हुन सक्छ। 

कमला ह्यारिसले जित्ने आधारहरू प्रशस्त हुँदाहुँदै पनि हार बेहोर्नुपरेको छ। ह्यारिसले यसपटक पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्ने मौका गुमाएकी छन्। सर्भेक्षणहरूले उनी, उनका बुबा र आमा आप्रवासी रहेका कारणले पनि आप्रवासीहरूको मत प्राप्त गर्न सक्ने आकलन गरिएको थियो। यसैगरी, उनी महिला भएका कारणले पनि अधिकांश महिला मतदाताहरूको मत पाउनसक्ने आकलन गरिएको थियो। 

त्यसैगरी उनी आप्रवासनसम्बन्धी लचिलो बन्नसक्ने आकलनका कारण पनि उनले आप्रवासीहरूको मत पाउनसक्ने अनुमान गरिएको थियो। यसैगरी, उनले अधिकांश अश्वेत नागरिकहरू मतसमेत पाउने आकलन गरिए पनि सोंचेजस्तो मत प्राप्त गरिनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.