कमला ह्यारिस पराजित भएपछि ओबामाले के भने?

कमला ह्यारिस पराजित भएपछि ओबामाले के भने?
सुन्नुहोस्

काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्। उनले आफूहरूको पक्षमा नतिजा नआए पनि लोकतन्त्रको सुन्दर पक्ष नै यही भएको उल्लेख गरेका छन्।

'अमेरिकी जनताले राष्ट्रपतिका लागिमात्र मतदान गरेका होइनन्, उनीहरूले एउटा नेतालाई पनि भोट दिएका हुन्। त्यसका लागि डोनाल्ड ट्रम्प र उनको टिमलाई बधाइ दिन चाहन्छु। चुनावको नतिजा हामी सोचेको जस्तो नभए पनि लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो। हामीले सोचेको सधैं पूरा हुन्छ भन्ने पनि छैन,' उनले भनेका छन्।

उनले ट्रम्पसँग गहिरो मतभेद रहे पनि शान्तिपूर्वक सत्ता हस्तान्तरण गरिने बताए। उनले डेमोक्र्याटिक दलकी उम्मेदवार कमला ह्यारिसप्रति गर्व रहेको बताए। 'कमला ह्यारिस र उनको टिमप्रति गर्व छ। उनी असाधारण जनसेवक हुन्,' उनले भने। उनले अमेरिकामा महामारीपछि महँगीले उचाइ लिएको र अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा पनि गहिरोसँग चिन्तन गर्न ट्रम्पलाई सुझाव दिएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.